+
+
Shares

कांग्रेसका सबै तहका कार्यालय प्लाष्टिकमुक्त बनाउने देउवाको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १८:१६

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आफ्ना कार्यालयहरु प्लास्टिकरहित क्षेत्र हुने घोषणा गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रदेखि वडातहसम्मका कार्यालय प्लाष्टिकमुक्त क्षेत्र हुने घोषणा गरेका हुन् ।

विश्व वातावरण दिवस (जुन ५) अर्थात् २०८२ जेठ २२ गते बिहिबारको दिन देखि लागु हुने गरी कार्यालयहरु प्लाष्टिकमुक्त हुने देउवाले आइतबार घोषणा गरेका हुन् । पार्टीको वातावरण विभागले गरेको कार्यक्रममा सभापति देउवाले केन्द्रीय, संघीय र प्रदेशका संसदीय दलको कार्यालय, प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, स्थानीय तह,सबै वडा, भ्रातृ एवं शुभेच्छुक संस्था र विदेश स्थित नेपाली जनसम्पर्क समितिका कार्यालयहरुमा प्लाष्टिकरहित क्षेत्र बनाउने बताए ।

देउवाले वातावरणीय प्रदुषण न्यूनिकरण गर्दै लगिने पार्टीको नीति रहेको जानकारी गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?