+
+
Shares

कमलादीमा हिमानी र हृदयेन्द्र सहित राजावादीको दीप प्रज्वलन (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ जेठ १९ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वराजपरिवारका सदस्यहरूले नारायणहिटी स्मृतिमा दीप प्रज्वलन गरे।
  • हिमानी ट्रष्टले कार्यक्रम गर्न अनुमति नपाएपछि कमलादी गणेश मन्दिरमा आयोजना गर्‍यो।
  • सहायक प्रमुख जिल्ला अधिकारीले ट्रष्टले गर्ने कार्यक्रमबारे जानकारी नभएको बताए।

१९ जेठ, काठमाडौं । नारायणहिटी राजदरबार हत्याकाण्डको २३औं स्मृतिमा पूर्वराजपरिवारका सदस्यहरुले दीप प्रज्वलन गरेका छन् । कमलादी गणेश मन्दिरमा हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पूर्व राजपरिवारका सदस्यहरू पुगेका हुन् ।

मन्दिरमा दीप प्रज्वलनका लागि पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्र शाह पनि पुगेका छन् ।

हिमानी ट्रष्टको अध्यक्ष पूर्वराजा ज्ञानेन्द्र शाहकी पत्नी कोमल र उपाध्यक्ष उनीहरूकी बुहारी हिमानी शाह छिन् ।

हिमानी ट्रष्टले २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र मारिएका तत्कालीन राजपरिवारका सदस्यहरूको स्मृतिमा नारायणहिटी दरबारभित्रै दीप प्रज्वलनको कार्यक्रम गर्ने तयारी गरेको थियो ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारभित्र कार्यक्रम गर्न अनुमति नदिएकाले कमलादीको गणेश मन्दिरमा कार्यक्रम गर्न लागिएको ट्रष्टले जनाएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले भने हिमानी ट्रष्टले जेठ १९ को सन्दर्भमा आयोजना हुने कार्यक्रमबारे जानकारी नभएको बताए ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?