
News Summary
Generated by OK AI. Editorially reviewed.- कान्तिपुर थिएटर सोमबारदेखि गैरीधारामा उद्घाटन भयो, अभिनेता हरिवंश आचार्यले उद्घाटन गरे।
- नाटक ‘मीरा’को प्रिमियर रेखा थापाले गरे र यसलाई कान्तिपुर फिल्म कलेजले सञ्चालन गरेको हो।
- थिएटरमा व्यवसायिक र कलेजका नाटकहरू मंचन गरिनेछ, शिलान्यास अभिनेता राजेश हमालले गरेका थिए।
काठमाडौं । कान्तिपुर थिएटर सोमबारदेखि संचालनमा आएको छ । गैरीधारामा खुलेको थिएटरको उद्घाटन अभिनेता हरिवंश आचार्यले गरे । पहिलो दिन रेखा थापाको डेब्यु नाटक ‘मीरा’को प्रिमियर गरियो ।
फिल्मको पठनपाठन गर्दै आएको कान्तिपुर फिल्म कलेजले थिएटर संचालनमा ल्याएको हो । आफू जन्मिएकै टोलमा नाटक घर उद्घाटन गर्न पाउँदा आफूलाई खुसी लागेको हरिवंशले बताए ।
‘आफ्नो जन्मटोलमा आज नाटक घर उद्घाटन गर्न पाउँदा खुसी छु’ उनले भने । नाटकका कलाकारले नेपाली चलचित्रमा राज गरेको बताउँदै उनले आफ्नो अभिनय करिअरको पृष्ठभूमि पनि नाटक रहेको बताए ।
‘नाटकका कलाकारले अहिले चलचित्रमा राज गरेको देख्दा नाटकको महत्वपूर्ण थाहा हुन्छ । मैले पनि यतिबेला नाटकबाट सिकेको अनुभवलाई प्रयोग गरिराखेको छु’ उनले भने ।
यो नाटकको शीर्षक सम्झिँदा हरिवंशले दिवंगत पत्नी मीरालाई सम्झिए । ‘नाटकको नाम पनि मीरा रहेछ । मैले भौतिकरुपमा मीरालाई गुमाएँ । उनकै नामबाट नाटकको नाम राखिएको रहेछ’ उनले भने ।
उनले मीरा नामक गरेका मान्छे संसारमा पवित्र हुने धारणा राखे । नाटक हेरिसकेपछि पनि उनले यसको प्रशंसा गरे ।
नाटक घर उद्घाटन गर्न पुगेका अभिनेता मदनकृष्ण श्रेष्ठ भने स्वास्थ्य समस्याको कारण बाहिरिएपछि हरिवंश एक्लैले थिएटर उद्घाटन गरेका थिए ।
१६० सिट क्षमताको यो थिएटरमा व्यवसायिकदेखि कलेजका नाटक पनि मंचन गरिने कान्तिपुर फिल्म कलेजका सीइओ प्रकाश पुरीले बताए । यो थिएटरको शिलान्यास अभिनेता राजेश हमालले गरेका थिए ।
रेखा थापाको शीर्ष भूमिका रहेको नाटक ‘मीरा’ मंचनसँगै थिएटर संचालनमा आएको हो । जेठ १९ देखि असार ७ गतेसम्म बुधबारबाहेक बेलुका ५ः३० बजेदेखि नाटक नियमित मंचन हुनेछ ।
तस्वीरहरू : अविकृत मुखिया
प्रतिक्रिया 4