
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको मेरिल्याण्ड राज्यले गभर्नर वेस मुरले डा. विशाल भण्डारीलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेका छन् ।
- चितवनका नेपाली अमेरिकी नागरिक डा. भण्डारीले सामाजिक न्याय र समावेशी विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
- नियुक्ति पत्रमा भनिएको छ, \'तपाईंको योगदान प्रशंसनीय छ, र तपाईंको सेवाबाट सम्पूर्ण मेरिल्याण्ड लाभान्वित हुनेछ।\'.
२० जेठ, काठमाडौं । अमेरिकाको मेरिल्याण्ड राज्यको गभर्नर वेस मुरले ‘गभर्नरको दक्षिण एशियाली अमेरिकी मामिला आयोग’ डा. विशाल भण्डारीलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिएका छन् ।
चितवनका भण्डारी बाल्टिमोर बस्दै आएका नेपाली अमेरिकी नागरिक हुन् । १ जनवरी २०२५ बाट सुरु हुने दोस्रो कार्यकाल ४ वर्षको हुनेछ ।
‘राज्यमा समावेशीता र समानताको प्रवर्द्धनका लागि तपाईंको योगदान प्रशंसनीय छ,’ नियुक्ति पत्रमा भनिएको छ, ‘तपाईंको सेवाबाट सम्पूर्ण मेरिल्याण्ड राज्य लाभान्वित हुने विश्वास हामीलाई छ र तपाईंलाई पुनः नियुक्त गर्न पाउँदा हामी गर्वानुभूति गर्दछौं।’
डा. भण्डारीले आफूलाई विश्वास गर्ने गभर्नर वेस मुरलाई धन्यवाद दिएका छन् । ‘यो सम्मानप्रति म अत्यन्त आभारी छु। प्रतिनिधित्वको महत्त्वप्रति मेरो दृढ विश्वास छ, र म यो भूमिकालाई पूर्ण जिम्मेवारीका साथ निर्वाह गर्ने छु,’ उनले भने, ‘म गभर्नर मुर र मिलर प्रशासनप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।’
डा. भण्डारीले आयोगमार्फत सामाजिक न्याय, समान अवसर र समावेशी विकासको पक्षमा काम गर्नुपर्नेछ । उनले आयोगका अन्य सदस्यहरू तथा गभर्नरको कार्यालयसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्।
प्रतिक्रिया 4