+
+
Shares

रेखा थापाको डेब्यु नाटक ‘मीरा’को प्रिमियर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेखा थापाले ‘मीरा’ नाटकबाट ‘पर्फमेन्स आर्ट’मा डेब्यु गरेकी छन्, जसको प्रिमियर कान्तिपुर थिएटरमा भएको हो।
  • नाटकले प्रेमकथा रेखा र कृष्णको सम्बन्ध र बाधाहरूलाई केन्द्रित गरी कथानक बुन्दैछ, जसमा विशाल देवकोटा र विशाल पहारीले भूमिका निभाएका छन्।
  • यो नाटक जेठ १९ देखि असार ७ सम्म प्रत्येक साँझ ५ः३० बजे कान्तिपुर थिएटरमा प्रदर्शन हुनेछ।

काठमाडौँ । २५ वर्ष लामो फिल्मी करिअरमा रेखा थापाले सयभन्दा धेरै फिल्ममा अभिनय गरिन् । घरेलु फिल्ममा ‘हिरोइनइज्म’ स्थापना गर्नमा योगदान दिने उनै रेखा यतिबेला भने कलाकै अर्को आयाममा प्रस्तुत भएकी छन् ।

नाटक ‘मीरा’बाट उनले ‘पर्फमेन्स आर्ट’मा डेब्यु गरेकी छन् । उनले अभिनय गरेको पहिलो नाटकको प्रिमियर सोमबार बेलुका कान्तिपुर थिएटरमा गरिएको छ ।

फिल्मको पठनपाठन गराउँदै आएको कान्तिपुर फिल्म कलेजले संचालनमा ल्याएको यो नाटक घरको सोमबार बेलुका अभिनेता हरिवंश आचार्यले उद्घाटन गरे । थिएटर शुभारम्भ लगत्तै नाटकको प्रिमियर गरिएको थियो ।

दीपक सिंजालीको उपन्यासमा आधारित यो नाटकको परिकल्पना र निर्देशन सुन्दर धितालले गरेका हुन् । नाटकमा रेखाले शीर्ष पात्र मीराको भूमिका निर्वाह गरेकी छन् । यो नाटकले मीरा र उनको बालसखा कृष्णको प्रेमकथा भन्छ ।

उनीहरूको प्रेम सम्बन्ध गाढा हुँदै जाँदा उनीहरूको परिवारमा आइलाग्ने संरचनाले बाधा पुर्‍याउँछ । एकअर्कालाई पति पत्नीको रुपमा स्वीकारेर काल्पनिक संसारमा रमाइरहेका २ प्रेमीको सपना भताभुंग हुन्छ । यो परिस्थितीमाझ कृष्ण हराउँछ । वियोगमा रहेकी मीराले पूजाकोठालाई आफ्नो संसार बनाएर कृष्णभक्तिमा तल्लीन हुन्छिन् ।

के यी दुई प्रेमीको पुनर्मिलन सम्भव छ ? समग्रमा यो नाटक यही सम्बन्ध वरपर घुम्छ ।

नाटकमा कृष्णको भूमिकामा विशाल देवकोटा छन् । घरेलु फिल्मका चर्चित अभिनेता विशाल पहारीले यो नाटकबाट ४० वर्षपछि थिएटरमा पुनरागमन गरेका छन् । गीत विष्ट, सुनिल खड्का, विन्दा खतिवडा, डोरेस खतिवडाको पनि अभिनय छ ।

यो नाटक जेठ १९ देखि असार ७ सम्म मंचन हुनेछ । बुधबारबाहेक प्रत्येक दिन बेलुका ५ः३० बजेदेखि गैरीधारास्थित कान्तिपुर थिएटरमा यो नाटक मंचन हुनेछ ।

तस्वीरहरू : अविकृत मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?