News Summary
Generated by OK AI. Editorially reviewed.- प्रसिद्ध भारतीय नाटककार हबीब तनवीरद्वारा लिखित ऐतिहासिक नाटक ‘चरणदास चोर’ मण्डला थिएटरमा मञ्चन सुरु भएको छ।
- नाटक मञ्चन ११ चैतसम्म रहने र हरेक दिन साँझ ५ः१५ बजे तथा शनिवार दिउँसो १ः१५ र साँझ ५ः१५ बजे दुई पटक प्रदर्शन हुने जनाइएको छ।
- नाटकको नेपाली संस्करण आशान्त शर्मा र राजन खतिवडाले अनुवाद गरेका हुन् भने निर्देशन मिलन कार्कीले गरेका छन्।
काठमाडौं । प्रसिद्ध भारतीय नाटककार हबीब तनवीरद्वारा लिखित ऐतिहासिक नाटक ‘चरणदास चोर’ को मञ्चन मण्डला थिएटरमा सुरु भएको छ ।
नाटक मञ्चन ११ चैतसम्म रहने जनाइएको छ । सामाजिक ब्यङ्ग्य, लोकशैली तथा नैतिक प्रश्नहरूको गहिरो प्रस्तुति रहेको यस नाटकले दक्षिण एसियाली रङ्गमञ्चमा विशिष्ट पहिचान बनाएको छ । नेपालमा यस कृतिलाई मण्डला थिएटरले विभिन्न चरणमा मञ्चन गर्दै आएको छ ।
नाटकको नेपाली संस्करण आशान्त शर्मा तथा राजन खतिवडाले अनुवाद गरेका छन् । प्रारम्भिक निर्देशन खतिवडाले गरेका थिए । त्यसपछि विकास जोशीले नयाँ दृष्टिकोणसहित नाटकलाई प्रस्तुत गरेका थिए ।
मिलन कार्कीले नाटक निर्देशन गरेका हुन् । यो नाटक हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुनेछ भने शनिवार दिउँसो १ः१५ बजे तथा साँझ ५ः१५ बजे गरी दुई पटक प्रदर्शन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4