+

आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा तीन एसोसियट खेलाडी

२०८२ जेठ  २० गते १६:१७ २०८२ जेठ २० गते १६:१७
आईसीसी ‘प्लेयर अफ द मन्थ’को मनोनयनमा तीन एसोसियट खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले मे महिनाका लागि पुरुष प्लेयर अफ द मन्थको मनोनयन सार्वजनिक गर्यो।
  • तीनजना एसोसियट राष्ट्रका खेलाडी मनोनयनमा परेका छन्, जसमा स्कटल्याण्ड, अमेरिका र यूएईका खेलाडी छन्।
  • ब्रान्डन म्याकमुलन, मिलिन्द कुमार र मुहम्मद वासीमले आफ्नो टोलीका लागि प्रभावशाली प्रदर्शन गरेका थिए।

२० जेठ, काठमाडौं । आईसीसीले मे महिनाका लागि पुरुष प्लेयर अफ द मन्थ (महिनाको उत्कृष्ट खेलाडी) को मनोनयन सार्वजनिक गरेको छ।

यसपटकको सूचीमा तीनजना खेलाडी नै एसोसियट राष्ट्रबाट छन् ।  दुई उत्कृष्ट अलराउन्डरद्वय ब्रान्डन म्याकमुलेन र मिलिन्द कुमार तथा यूएईका ओपनिङ ब्याटर मुहम्मद वासीम मनोनयनमा परेका हुन् ।

ब्रान्डन म्याकमुलन (स्कटल्याण्ड)

स्कटल्याण्डका अलराउन्डर ब्रान्डन म्याकमुलनले आईसीसी पुरुष विश्वकप लिग–२ मा आफ्नो टोलीका लागि प्रभावशाली प्रदर्शन गरे।

उनले मे महिनामा ५ एकदिवसीय खेलमा ५८.२५ को औसत र १०७.८७ को स्ट्राइक रेटसहित  २३३ रन बनाए । बलिङमा समेत उत्कृष्ट योगदान दिँदै उनले १० विकेट लिएका थिए ।

उनको सबैभन्दा राम्रो प्रदर्शन नेदरल्याण्डविरुद्ध थियो जहाँ उनले आफ्नो चौथो एकदिवसीय शतक बनाएर स्कटल्याण्डलाई ३८०-९ को स्कोरमा पुर्‍याउन मद्दत गरे । जुन टोलीको इतिहासमै उच्चतम स्कोर हो।

त्यसपछि उनले ५५ रन खर्चिएर ४ विकेट लिँदै १४५ रनको जित सुनिश्चित गरेका थिए ।

मिलिन्द कुमार (अमेरिका)

अमेरिकाका अलराउन्डर मिलिन्द कुमारले मे महिनामा एकदिवसीय क्रिकेटमा ब्याट र बल दुवैमा चम्किलो प्रदर्शन गरे। उनले ४ खेलमा २०१ रन बनाए जसको औसत ६७ रहेको थियो। बलिङमा उनले ९ विकेट लिए।

ओमानविरुद्ध लडरहिलमा खेलेको खेलमा उनले ५ विकेट लिँदै ६५ बलमा ६८ रन बनाएर सुपर ओभरसम्म खेल पुर्‍याएका थिए । यो एकदिवसीयमा अमेरिकाका लागि एउटै खेलाडीले अर्धशतक र ५ विकेट लिएको पहिलो उपलब्धि हो।

क्यानडाविरुद्ध उनले ६७ बलमा अविजित ११५ रन बनाउँदै आफ्नो दोस्रो एकदिवसीय शतक पूरा गरे।

मुहम्मद वासीम (यूएई)

यूएईका कप्तान समेत रहेका वासीमले मे महिनामा भएको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा बंगलादेशलाई हराउँदै ऐतिहासिक जित दिलाए । उनले तीन खेलको सिरिजमा दुई लगातार अर्धशतक प्रहार गर्दै कप्तानी पारी खेले।

विशेषगरी दोस्रो खेलमा उनले ४२ बलमा ८२ रन बनाउँदै टोलीको दुई विकेटको जितमा आधार तय गरेका थिए । तीन खेलमा उनले १४५ रन बनाउँदै सिरिजको ‘प्लेयर अफ द सिरिज’ को उपाधि जिते।

एकदिवसीयमा पनि उनले पाँच खेलमा १६९ रन जोडे।

आईसीसी प्लेयर अफ दि मन्थ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय