+
+
Shares

यातायात व्यवसायीसँगको सहमति पत्र गण्डकी प्रदेश आइपुग्यो, मुख्यमन्त्री कार्यालयमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न पत्र पठाएको छ।
  • सरकारले पठाएको पत्र प्राप्त हुन साथ मुख्यमन्त्री कार्यालयमा अहिले छलफल भइरहेको छ।

२० जेठ, पोखरा । सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न पत्र पठाएको छ।

सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गण्डकी प्रदेश सरकारलाई पत्र पठाएको हो । सरकारले पठाएको उक्त पत्र गण्डकी प्रदेश सरकार अन्तर्गत प्रशासन महाशाखामा दर्ता भएको छ ।

यातायात व्यवसायीहरूको यातायात बन्दको कार्यक्रमहरूले जनजीवन असह भइरहेको सन्दर्भमा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता गरी जनजीवनलाई सामान्यीकरण गर्ने वातावरण निर्माणका लागि गण्डकी प्रदेश सरकारलाई नियमावलीमा उल्लिखित राइड सेयरिङ सम्बन्धी प्रावधानहरूको कार्यान्वयन हाललाई स्थगित गर्न मंगलबारको मन्त्रीस्तरीय निर्णय भएको र सोही निर्णय अनुसार कार्यान्वयन गर्न पत्रमा भनिएको छ ।

संघीय सरकारले पठाएको पत्रको विषयमा छलफल गर्न अहिले मुख्यमन्त्री कार्यालयमा छलफल भइरहेकाे छ ।

छलफलमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाशबहादुर केसी, अर्थमन्त्री टकराज गुरूङ लगायत सहभागी छन् ।

छलफलपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारी संयोजकत्वको वार्ता समितिले आधिकारिक लिखित निर्णय सार्वजनिक गर्ने मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?