+
+
Shares

प्रिमियर इन्टरनेसनल स्कुलमा ‘थ्योरी अफ नलेज’ प्रदर्शनी सम्पन्न

आईबी डिप्लोमा प्रोग्राम अन्तर्गत वर्ष १ का विद्यार्थीले ज्ञान र यथार्थबीच सम्बन्ध खोज्ने उद्देश्य सहित तीन वस्तु र तिनमा आधारित लेख प्रस्तुत गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १८:३१

२० जेठ, काठमाडौं । नेपालकै पहिलो र एकमात्र आईबी कन्टिन्युम स्कुल प्रिमियर इन्टरनेसनल स्कुलले ‘थ्योरी अफ नलेज एक्जिबिसन २०२५’ अन्तर्गत ‘ज्ञान मेला’ सफलतापूर्वक सम्पन्न गरेको छ ।

आईबी डिप्लोमा प्रोग्राम अन्तर्गत वर्ष १ का विद्यार्थीले ज्ञान र यथार्थबीच सम्बन्ध खोज्ने उद्देश्य सहित तीन वस्तु र तिनमा आधारित लेख प्रस्तुत गरेका थिए । जसमा लेखिएको टिप्पणी मार्फत उनीहरूको तर्क, विवेक र विश्लेषण क्षमता प्रदर्शन गरिएको छ ।

यस वर्षको प्रदर्शनीको नाम ‘ज्ञान मेला’ राखिनुको उद्देश्य यो कार्यक्रम ज्ञानको उत्सवमात्र नभई स्थानीय सन्दर्भमा विश्व शिक्षा जोड्ने अभ्यास पनि हो भन्ने सन्देश दिनु रहेको जनाइएको छ ।

विद्यार्थी, अभिभावक, शिक्षक र अतिथि विद्यालयका पाहुनाको सहभागिता रहेको कार्यक्रममा कृत्रिम बुद्धिमत्ता, इतिहास, जातीय ज्ञान प्रणाली र वैज्ञानिक नैतिकता जस्ता विविध विषयमा छलफल गरिएको थियो ।

प्रधानाध्यापक शमा क्षेत्रीले विद्यार्थीको प्रस्तुतिमा गर्व व्यक्त गर्दै भनिन्, ‘थ्योरी अफ नलेज एक्जिबिसनले विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिर सोच्न प्रेरित गर्छ, जुन दीर्घकालीन जीवन सिपको जग हो ।’

ज्ञान मेला केवल शैक्षिक कार्यक्रम नभई, प्रश्न गर्ने, सोच्ने र संस्कृति जगेर्ना गर्दै विश्वसँग जोडिने सिकाइ यात्राको उत्सव बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?