
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ प्रहरीको हिरासतमा रहेका झापाका पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो।
- उनलाई ज्वरो, पेट दुख्ने र श्वासप्रश्वास समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
- उनलाई लागुऔषध सेवन र अभद्र व्यवहारको आरोपमा पक्राउ गरिएको थियो।
२० जेठ, विराटनगर । पाँच दिनदेखि मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको छ । अभद्र व्यवहार आराेपमा जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
अभद्र व्यवहार आरोपमा प्रहरीले उनलाई जेठ १५ गते पक्राउ गरेको थियो । उनी लागुऔषध सेवनकर्ता रहेकाे प्रहरीकाे भनाइ छ ।
श्रेष्ठविरुद्ध यसअघि ३ पटक लागुऔषध ऐन र १ पटक अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलेको थियो । पछिल्लो पटक भने उनी साइकल चोरी गर्न खाेजेकाे आराेपमा पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4