+
+
Shares

पोखरामा विद्यार्थी चढेको बसमाथि आक्रमण, ५ जना घाइते

नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी बालकुमारी ललितपुरका विद्यार्थी बोकेर भ्रमणका लागि पोखरा गएको थियो । पोखराबाट काठमाडौं फर्कने क्रममा विद्यार्थी सवार बसमाथि उनीहरूले ढुंगा प्रहार गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले पोखरामा विद्यार्थी सवार बसमाथि ढुंगा प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
  • उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।
  • उनीहरूले १८ जेठको राति पोखराको चाउचेमा बसमाथि ढुंगा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए।

२१ जेठ, काठमाडौं । पोखरामा विद्यार्थी सवार बसमाथि आक्रमण भएको छ ।  आक्रमणमा परेर पाँच विद्यार्थी घाइते भएका छन् ।

बसमाथि ढुंगा हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन घर भई बस चालकको काम गर्ने ४८ वर्षीय तिलकबहादुर थापा मगर, बारा घर भएका बसमा सहचालकको काम गर्ने ३० वर्षीय मानप्रसाद खरेल र गोर्खाको पालुङटार घर भई ग्यारेजमा काम गर्ने २८ वर्षीय राजेश मरहट्टा छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरूले १८ जेठको राति साढे ११ बजेतिर पोखराको चाउचेमा बा १ प ९१६ नम्बरको बसमाथि ढुंगा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।

उक्त नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी बालकुमारी ललितपुरका विद्यार्थी बोकेर भ्रमणका लागि पोखरा गएको थियो । पोखराबाट काठमाडौं फर्कने क्रममा विद्यार्थी सवार बसमाथि उनीहरूले ढुंगा प्रहार गरेका थिए ।

पक्राउ परेकाहरू विरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रवको कसुरमा ६ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?