+
+
Shares

पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त

संखुवासभाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले घर भत्काएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १२:४५
फाइल फोटो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ।
  • प्रहरी निरीक्षक अभिषेक श्रेष्ठका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायको क्षति भएको छैन।
  • माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको र बाढीले भोटखोला गाउँपालिकाका दुईवटा हाइड्रोपावर बगाएको उनले जानकारी दिए।

२१ जेठ, काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले घर भत्काएको छ । मंगलबारको अविरल वर्षासँगै घरमाथिबाट पहिरो खस्दा फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो ।

शेर्पाको ढुंगा, माटो र काठले बनेको दुईतले घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिरोका कारण मानवीय र पशुचौपायको क्षति भने भएको छैन ।

माथिल्लो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेको छ । पहिरो पीडित सेदुवास्थित आफन्तको घरमा बसिरहेका छन् । केही दिनअघिको वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा हाइड्रोपावर बगाउँदा दुई सय ५० घरमा विद्य्त् आपूर्ति बन्द भएको छ । बाढीले भोटखोला–३ का दुईवटा हाइड्रोपावर बगाएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?