+
+
Shares

प्रधानमन्त्रीलाई निर्यात व्यवसायीका ७ बुँदे सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्यात व्यवसायीले सरकारले निर्यात वृद्धि र राष्ट्रिय पुँजी निर्माणका लागि सात बुँदे सुझाव दिए।
  • प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा व्यवसायीले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माण र निर्यात वर्ष घोषणा गर्न आग्रह गरे।
  • प्रधानमन्त्री ओलीले सुझावलाई उच्च प्राथमिकता दिएर सम्बोधन गर्ने आश्वासन दिए।

२१ जेठ, काठमाडौं । निर्यात व्यवसायीले सरकारलाई निर्यात वृद्धि गरी राष्ट्रिय पुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सात बुँदे सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भेट गरी निर्यात व्यवसायीले यस्तो सुझाव दिएका हुन् । निर्यात व्यवसायी महासंघ नेपालका नवनिर्वाति अध्यक्ष गोविन्दबहादुर घिमिरेको नेतृत्वमा गएका व्यवसायीले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

प्रधानमन्त्रीनिवास बालुुवाटारमा भएको भेटमा घिमिरले महासंघको तर्फबाट तयार पारिएको सातबुँदे सुझावपत्र बुझाए । सुझावपत्रमा सरकारले ल्याएको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथमिकता दिने रणनीतिहरू कार्यान्वयन गर्न आग्रह गरिएको छ ।
यस्तै, सम्बोधन हुन छुुट भएका विषयमा ध्यानाकर्षण गराइएको छ ।

महासंघका अध्यक्ष घिमिरेलेले अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको निर्माणलाई छिटो सम्पन्न गरी विदेशी क्रेताहरूलाई नेपाल ल्याउन माग गरिएको जानकारी दिए । यस्तै, लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको पनि उनले बताए ।

सुुझावहरू ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले आर्थिक वृद्धि, रोजगारी र पर्यटक वृद्धिजस्ता विषयलाई सरकारले उच्च महत्व दिएकाले उचित सुुझावलाई सम्बोधन गरिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?