+
+
Shares

विष्णु जोशीले राखे नगर प्रहरी अधिकृतको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १७:०२

२१ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका निमित्त प्रमुखको जिम्मेवारी पाएपछि नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले सिनियर अफिसरहरूको बैठक राखेका छन् ।

महानगर प्रहरी बलको कार्यालय बागदरबारमा सिनियर अधिकृतहरूको बैठक बसेको हो ।

‘शहरी सुव्यवस्थापन कायम गर्नका लागि गर्ने कार्यहरू महानगर प्रहरी ऐन २०८० को दफा ५ र परिच्छेद ३ को दफा ७ मा महानगर प्रहरी बलको काम कर्तव्य अधिकार अनुसार गर्ने प्रतिबद्वता सहितको निर्णय गरिएको हो,’ जोशीको नेतृत्वमा बसेको बैठकमा निर्णयमा उल्लेख छ ।

नगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डे निलम्बित भएपछि जोशीले हिजो मात्रै प्रमुखको जिम्मेवारी पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?