
२१ जेठ, काठमाडौं । वर्षायाम सुरु भएसँगै आकाशमा देखिन्छ, विभिन्न रंग मिश्रित इन्द्रेणी ।
घाम र पानीको समिश्रणपछि देखिने इन्द्रेणीले बच्चादेखि वयस्कसम्मलाई आनन्द दिन्छ ।
इन्द्रेणीमा सात रंगहरू हुन्छन् । जसमा रातो, सुन्तला, पहेंलो, हरियो, आकाशे नीलो, गाढा नीलो र बैजनी रङ क्रमैसँग देखिन्छन् ।
इन्द्रेणीको यस्तो दृश्य जसले हामी सबैको मन लोभ्याउने गर्छ ।
जब पानी पर्छ तब आकाशबाट असंख्य पानीका थोपाहरू जमिनमा खस्ने गर्छन् । जसबाट हामी आनन्द पनि लिने गर्छौं । त्यही पानीका थोपाहरूमा घाम पर्दा सात वटा रङमा देखिने गर्छ ।
बुधबार साँझ काठमाडौंको नयाँबानेश्वर क्षेत्रबाट आकाशमा इन्द्रेणी देखियो । इन्द्रेणी लागेसँगै सडकमा हिंडिरहेकाहरूअडिएर तस्वीर खिचिरहेका थिए ।
हेर्नुस् केही तस्वीरहरू :
प्रतिक्रिया 4