+

नेपाल अक्वाटिक्स च्याम्पियनसिप जेठ २४ र २५ मा हुने

२०८२ जेठ  २१ गते २०:१७ २०८२ जेठ २१ गते २०:१७
नेपाल अक्वाटिक्स च्याम्पियनसिप जेठ २४ र २५ मा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पौडी संघले जेष्ठ २४ र २५ गते सातदोबाटो ललितपुरमा दोश्रो नेपाल अक्वाटिक्स पौडी प्रतियोगिता आयोजना गर्नेछ।
  • प्रतियोगितामा तीन सय खेलाडी सहभागी हुने र ५३ वटा स्पर्धा हुने जानकारी दिइएको छ।
  • प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरी लम्साल र समापनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गर्नेछन्।

२१ जेठ, काठमाडौं । नेपाल पौडी संघको आयोजनामा दोश्रो संस्करणको नेपाल अक्वाटिक्स पौडी प्रतियोगिता जेष्ठ २४ र २५ गते सातदोबाटो ललितपुरको आउटडोर पौडी पोखरीमा हुने भएको छ ।

प्रतियोगितामा तीन सय खेलाडी सहभागी हुने छन् । उमेरसमूह र खुल्ला गरी ५३ वटा स्पर्धामा हुने प्रतियोगिताको अनलाईन सिस्टमबाट खेलाडी दर्ता गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल पौडी संघका सचिव गंगालाल गोलेले बताए ।

उक्त प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरी लम्सालबाट उद्घाटन हुनेछ भने समापनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई निमन्त्रणा गरिएको संघले जनाएको छ ।

प्रतियोगिता अवलोकन गर्न दर्शकलाई टिकट सिस्टम राखिएकोमा दोश्रो दिनको फाइनलका सम्पूर्ण टिकट विक्री भईसकेको संघले जनाएको छ । भिआईपी प्याराफिटमा मात्र टिकट राखिएकोमा टिकट दर २ सय तोकिएको प्रतियोगिता संयोजक एवं नेपाल पौडी संघका महासचिव ईश्वरकुमार कार्कीले बताए ।

नेपाल अक्वाटिक्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय