+
+
Shares

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुँदा पार्टी पंक्ति अलमलमा

विशेष अदालतमा मुद्दा दायर भएपछि एकीकृत समाजवादीका शीर्ष नेताहरू नै अलमलमा परेका छन् । अहिले पार्टीका पदाधिकारीहरू केन्द्रीय कार्यालय आलोकनगरमा भेला भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १५:२१
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादी पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता। उनीहरू अलमलमा परेका छन् । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो।
  • नेकपा एकीकृत समाजवादीका नेताहरु बैठक गरी पार्टीको धारणा तय गर्न जुटेका छन्।
  • अध्यक्ष नेपाल काठमाडौं आउने तयारीमा रहेका कारण पार्टीमा छलफल र निर्णय प्रक्रिया जारी छ।

२२ जेठ, काठमाडौं । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता अलमलमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । पार्टी अध्यक्ष नेपालविरुद्ध अख्तियारले अनुसन्धान गरिरहेको सूचना एकीकृत समाजवादी पार्टी पंक्तिलाई पहिल्यै थाहा थियो ।

तर, विशेष अदालतमा मुद्दा दायर भएपछि एकीकृत समाजवादीका शीर्ष नेताहरू नै अलमलमा परेका छन् । अहिले पार्टीका पदाधिकारीहरू केन्द्रीय कार्यालय आलोकनगरमा भेला भएका छन् ।

‘नेताहरू छलफलमा जुटेका छौं । तर पार्टी अध्यक्ष रौतहटमा हुनुहुन्छ, उहाँ आएपछि बैठक बस्छौं’, एक पदाधिकारीले भने । अध्यक्ष नेपाल काठमाडौं आउने तयारीमा छन् ।

माधव नेपाल आएपछि बैठक राखेर एकीकृत समाजवादीले औपचारिक धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन् । तर पार्टीको औपचारिक निर्णय नआउँदा नेता तथा कार्यकर्तामा अन्योल देखिएको छ ।

ती पदाधिकारी भने चाँडै निर्णय आउने भएकाले धेरै अलमलमा बस्नु नपर्ने बताउँछन् । ‘भरे-भोलि हाम्रो धारणा आइहाल्छ, अलमल धेरै रहँदैन’, ती पदाधिकारी भन्छन् । अकस्मात् मुद्दा दर्ता भएकाले केन्द्रीय कार्यालय सुनसान जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?