+
+
Shares

राजु पाण्डेको निलम्बनपछि महानगरमा मुठभेडको त्रास, खटाइयो प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेको निलम्बनपछि तनाव हुनसक्ने आशंकामा प्रहरी टोली खटाइएको छ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले भने, ‘अहिलेसम्म केही पनि भएको छैन।’
  • प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन्।

२२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेको निलम्बनपछि मुठभेड हुनसक्ने आकलन गर्दै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्भावित मुठभेडलाई ध्यानमा राखेर महानगर कार्यालयमा बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तैनाथ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले सुरक्षाका लागि भने प्रहरीको टोली खटाइएको बताए ।

‘अहिलेसम्म केही पनि भएको छैन । कुनै तनाव हुनसक्ने आकलन गरेर मात्रै प्रहरीको टोली पठाएका हौं,’ एसपी बोहराले अनलाइनखबरसँग भने ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।

त्यसपछि निमित्त प्रमुखको जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ । यस्तो अवस्थामा महानगरमा केही सुरक्षा चुनौती हुनसक्ने भन्दै प्रहरीको टोली खटाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?