+
+
Shares

‘जन्ते बाख्रो’लाई डेढसय भन्दा धेरै शो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘जन्ते बाख्रो’ले देशब्यापी १५० भन्दा बढी शो प्राप्त गरेको छ।
  • सुनुवार निर्देशित फिल्मले ग्रामीण युवकको कथा प्रस्तुत गर्दछ र उत्साहजनक प्रतिक्रिया पाएको छ।
  • फिल्मले नेपाल र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्न लागेको छ।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’ले देशब्यापी डेढसय भन्दा धेरै शो प्राप्त गरेको छ ।

देशभरका मल्टिप्लेक्सदेखि एकल पर्दाका हलले सिमोस सुनुवार निर्देशित फिल्मलाई उत्साहजनक शो प्रदान गरेका छन् । क्यूएफएक्सले आफ्नो चेनमा ३७ शो दिएको छ ।

दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले १२ शो दिएको छ । वान सिनेमाजले ७ शो, एफक्युब सिनेमाजले २ शो, बिग मूभिजले २ शो, बीएसआर मुभिजले २ शो गरी देशभर करिब १ सय ५० बढि शोसहित प्रदर्शनमा आउँदैछ ।

केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्मले प्रिमियरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । फिल्मले योग्य वधु पाउन एक ग्रामीण युवकले गर्नुपरेको सकसको कथा भन्छ ।

फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुषा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतको अभिनय छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको पटकथा र संवाद रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन् ।

यो फिल्म शुक्रबारदेखि नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?