+
+
Shares

भेरी नदीमा पौडी खेल्ने क्रममा २ जनाको मृत्यु, १ बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेरी नदीमा पौडी खेल्ने क्रममा दुई बालिकाको मृत्यु भएको र एक बालक बेपत्ता रहेको डीएसपी बसन्तकुमार शर्माले बताए।

२३ जेठ, सुर्खेत । भेरी नदीमा पौडी खेल्न गएका २ जना बालबालिकाको मृत्यु भएको छ भने अन्य एकजना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिका– ८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका थिए ।

जसमध्ये दुई जनाको ज्यान गएको र एक जना बेपत्ता रहेको जिल्ला पहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा नलगाड नगरपालिका– ८ मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीको अन्दाजी १२ वर्षीया छोरी आशा कुसारी रहेका छन् ।

सुरेन्द्रकी १० वर्षीय छोरा महेश कुसारी बेपत्ता रहेको जाजरकोट प्रहरीले जनाएको छ ।

भेरी नदीमा बगिरहेको देखेपछि भगवतीको स्थानीयले उद्धार गरी आठबिसकोट नगर अस्पतालमा लगेका थिए । उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरू शुक्रबार दिउँसो पौडी खेल्न नदी पुगेका थिए । बेपत्ता बालकको खोजी कार्य भइरहेको डिएसपी शर्माले बताए । बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?