
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तारकेश्वर नगरपालिका-३ स्थित तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक सडक खण्डमा माइक्रोबस दुर्घटनामा परेको छ।
- प्रहरीले बताए अनुसार काभ्रेको बनेपाबाट आएको माइक्रोबस ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खस्दा ८ जना घाइते भए।
- घाइतेहरूलाई उपचारका लागि मेगा ग्रिनसिटी अस्पताल पठाइएको छ।
२३ जेठ, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-३ स्थित तिनपिप्ले भुवनेश्वरी मन्दिर नजिक सडक खण्डमा माइक्रोबस दुर्घटनामा परेको छ ।
प्रहरी वृत्त बालाजुका अनुसार काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस उक्कालोमा ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मेगा ग्रिनसिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4