+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रिय कार्यशाला तयारीमा जुट्यो योजना आयोग

‘नेपालको अतिकम विकसित मुलुकबाट स्तरोन्नति : नेपालको सहज स्तरोन्नति रणनीति चुनौति तथा आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय राष्ट्रिय कार्यशाला हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय योजना आयोग उच्चस्तरीय राष्ट्रिय कार्यशाला तयारीमा जुटेको छ ।
  • योजना आयोग र यूएन इस्क्यापको सहआयोजनामा गर्न लागिएको उक्त कार्यशाला तयारी सम्बन्धमा शुक्रबार योजना आयोगमा छलफल भएको हो ।

२३ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोग उच्चस्तरीय राष्ट्रिय कार्यशाला तयारीमा जुटेको छ ।

२ र ३ असार (जुन १६ र १७) दुई दिनसम्म कोशी प्रदेश काँकडभिट्टामा आयोजना हुने ‘पूर्वी–दक्षिण एसियामा व्यापार तथा यातायात अन्तर आबद्धता चुनौती र आगामी कार्यदिशा’ विषयक उपक्षेत्रीय कार्याशाला तयारीमा समेत आयोग जुटेको हो ।

५ र ६ असार (जुन १९ र २० ) मा काठमाडौंमा राष्ट्रिय कार्यशाला आयोजना हुँदैछ । ‘नेपालको अतिकम विकसित मुलुकबाट स्तरोन्नति : नेपालको सहज स्तरोन्नति रणनीति चुनौति तथा आगामी कार्यदिशा’ विषयक उच्चस्तरीय राष्ट्रिय कार्यशाला हुनेछ ।

योजना आयोग र यूएन इस्क्यापको सहआयोजनामा गर्न लागिएको उक्त कार्यशाला तयारी सम्बन्धमा शुक्रबार योजना आयोगमा छलफल भएको हो ।

आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा बसेको तयारी बैठकमा आयोग सदस्यसचिव सुमनराज अर्याल, शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत लगायत विभिन्न मन्त्रालयका सहसचिव र निजी क्षेत्रका प्रतिनिधि उपस्थिति थिए ।

छलफलमा दुई वटै कार्यशालालाई प्रभावकारी बनाउने र यसका लागि सम्बन्धित मन्त्रालयबाट आवश्यक सहयोग गर्ने, नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य अनुसार थप क्रियाशील हुनुपर्ने आवश्यकता रहेको र योजना आयोग तथा सम्बन्धित मन्त्रालयले यस विषयलाई उच्च प्राथमिकता दिनुपर्नेमा छलफल भएको थियो ।

नेपाल, भुटान, बंगलादेशबीचको व्यापार तथा पारवहन सहजीकरणका लागि काँकडभिट्टा पानीट्यांकी हुँदै फूलबारी बंगलाबन्द स्थलगत भ्रमण अध्ययन गर्ने साथै २०२६ मा हुने स्तारोन्नतिका लागि व्यापार अन्तर्राष्ट्रिय सहायता परिचालन, आन्तरिक उत्पादकत्व अभिवृद्धि, वातावरण र विपद् व्यवस्थापन, उत्पादकत्व अभिवृद्धि लगायत विषयमा थप कार्य गर्न आवश्यक भएकाले सोही सम्बधमा पनि छलफल भएको र कार्यशालामा पनि सोही विषयमा छलफल गर्ने जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?