
News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको बुढीगंगा नगरपालिका–६ मा लागेको आगलागीले ४० भन्दा बढी पसल जलेका छन्।
- मेयर राम बहादुर बानियाँले भने, ‘आगलागीबाट कुनै मानवीय क्षति भएको छैन।’
- दमकलको अभावमा डोजर र पानीट्यांकरको सहयोगले आगो नियन्त्रणको प्रयास भइरहेको छ।
२३ जेठ, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ ।
मेयर राम बहादुर बानियाँका अनुसार आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका छन् ।
आगलागीस्थलमै रहेको मेयर बानियाँले त्यहाँको अवस्थाबारे जानकारी गराउँदै अनलाइनखबरसँग भने, ‘निकै ठूलो आगलागी भएको छ । कम्तीमा ४० वटा पसल पूर्ण रुपमा ध्वस्त भएको छ । क्षति यकिन भएको छैन ।’
उनका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । दमकल पालिकामा उपलब्ध नभएको पनि उनले बताए ।
‘दमकल नभएर डोजर र पानीट्यांकरको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । नियन्त्रण हुन लागेको छ,’ उनले भने ।
बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा आगो लागेको थियो ।
तस्वीरहरू :
प्रतिक्रिया 4