
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रिन्सिपल एसोसिएसन अफ नेपालले ललितपुर महानगरलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कारसहित सम्मान प्रदान गरेको छ।
- कार्यक्रममा शिक्षामन्त्री रघुजी पन्तले सामूदायिक विद्यालयको गुणस्तर सुधारमा काम गरिरहेको बताए।
- कार्यक्रममा देशभरिका उत्कृष्ट विद्यालय, गाउँपालिका, नगरपालिका र प्राध्यापकलाई समेत सम्मान गरिएको थियो।
२२ जेठ,काठमाडौं । शिक्षा क्षेत्रमा खेलेको नेतृत्वदायी भूमिका, प्रतिबद्धता र नयाँ विषयलाई बहसमा ल्याएको भन्दै प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले ललितपुर महानगरलाई पुरस्कारसहित सम्मान गरेको छ । ललितपुर महानगरले देशभरका ६ वटा महानगरपालिकामध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएको हो ।
प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्डको आधारमा मूल्याङकन गरेर महानगरलाई ‘उत्कृष्ट महानगरपालिका पुरस्कार, २०८२’ बाट पुरस्कारसहित सम्मान गरेको आयोजक संस्थाले जनाएको छ ।
शिक्षामन्त्री रघुजी पन्तले महानगर प्रमुख चिरीबाबु महर्जनलाई सम्मानसहित पुरस्कार प्रदान गरे । शिक्षामन्त्री पन्तले सामूदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न अहोरात्र काम गरेको बताए । महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर शिक्षाको हब भएको बताउँदै सामूदायिक शिक्षाको विकास र गुणस्तर सुधारका लागि प्रभावकारी काम गरेको बताए ।
आगामी वर्ष प्रभावकारी र नविनतम् योजनाहरु ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । शिक्षा विज्ञ प्रा.डा. विद्यानाथ कोइरालाले सामूदायिक विद्यालय र त्यहाँ पढेका विद्यार्थीसँग अथाह सम्भावना भएको बताउँदै प्रविधि र पुस्तक र ज्ञानलाई एक अर्कासँग जोड्न अघि बढ्नु पर्ने धारणा राखे ।
कार्यक्रममा देशभरबाट छनोट भएका उत्कृष्ट गाउँपालिका, उत्कृष्ट नगरपालिका, उत्कृष्ट प्राधानाध्यापक र उत्कृष्ट विद्यालयलाई सम्मानसहित पुरस्कृत गरिएको छ । पानका अध्यक्ष सुदा प्रसाद गौतमले सामूदायिक विद्यालयको गुणस्तर सुधार र सामूदायिक विद्यालयले प्रदान गरेको शिक्षामा देखिएको नैराश्यता चिर्नका लागि संस्था गठन गरेको बताए ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो मन्तव्य राखका थिए ।
प्रतिक्रिया 4