
News Summary
Generated by OK AI. Editorially reviewed.- म्याग्दे गाउँपालिकाले एकल महिलाको आर्थिक सशक्तिकरणका लागि बाख्रा वितरण गरेको छ।
- कार्यक्रममा २८ एकल महिलालाई बाख्रा वितरण गरिएको हो।
- गाउँपालिकाले यस कार्यक्रमले एकल महिलाको जीविकोपार्जनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।
२३ जेठ, दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलाको आर्थिक अवस्था सुधार्न र उनीहरूको आत्मनिर्भरता अभिवृद्धि गर्न ७५ प्रतिशत लागत साझेदारीमा बाख्रा वितरण गरेको छ । शुक्रबार गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा २८ जना एकल महिलालाई बाख्रा वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार, एक बाख्राको कुल लागत १२ हजार रुपैयाँ रहेको छ जसमा ९ हजार रुपैयाँ गाउँपालिकाले व्यहोर्ने र बाँकी ३ हजार रुपैयाँ लागत एकल महिलाले व्यहोर्ने व्यवस्था गरिएको छ ।
चालू आर्थिक वर्षका लागि यस कार्यक्रमका लागि तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। उनले भने, ‘यो कार्यक्रमले एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन र उनीहरूको जीविकोपार्जनमा ठोस सहयोग पुर्याउने विश्वास छ ।’
कार्यक्रममा सहभागी एकल महिला सिर्जना विकले बाख्रा पाउँदा आफूमा ठूलो आत्मविश्वास आएको र यस सहयोगले जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताइन्। म्याग्दे गाउँपालिकाले विगतमा पनि कृषि, व्यवसाय र सीप विकास सम्बन्धी विभिन्न कार्यक्रममार्फत एकल महिलाको उत्थानमा निरन्तर काम गर्दै आएको छ ।
अध्यक्ष श्रेष्ठले थपे, ‘हामी सामाजिक सुरक्षा र आर्थिक समृद्धिका लागि एकल महिलालाई बलियो बनाउने तर्फ प्रतिबद्ध छौं। भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर जारी रहनेछन् ।’
प्रतिक्रिया 4