+
+
Shares

बेलिब्रिज जडानपछि खुल्यो कान्ति राजमार्ग

बेलिब्रिजको भारवहन क्षमता ३० टन मात्र, मालबाहक गाडीलाई निगरानी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते ८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती नदीको बगुवा खोलामा बेलिब्रिज जडान भएपछि काठमाडौंको कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको हो।
  • मकवानपुर र ललितपुरलाई जोड्ने यस राजमार्गको नयाँ बेलिब्रिजको भारबहन क्षमता ३० टन मात्र रहेको र मालबाहक सवारीलाई निगरानी गर्न निर्देशन दिइएको छ।
  • गत वर्षको बाढीले पुल भत्किएपछि डाइभर्सनमार्फत् सवारी सञ्चालन हुँदै आएको थियो, अब नयाँ बेलिब्रिजले यात्रा सहज हुने अपेक्षा गरिएको छ।

२५ जेठ, काठमाडौं । बागमती नदीको बगुवा खोलामा बेलिब्रिज राखेपछि कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ ।

मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न भएकोपछि पुलबाट सवारी साधन चल्न थालेका हुन् । कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता ई. उपेन्द्र महरानका अनुसार आज बिहान ९ बजेदेखि पुल पूर्णरुपमा सञ्चालनमा आउने  छ ।

गत वर्ष असोजमा आएको बाढीले पुलको मकवानपुरतर्फको भाग भत्काएपछि डाइभर्सनमार्फत् सवारी साधन सन्चालन हुँदै आएका थिए । तर डाइभर्सन गरिएको स्थानमा राखिएका ह्युमपाइप सानो बाढीले पनि बगाइदिने गरेकाले यात्रा अप्ठेरो हुने गरेको थियो ।

हालै बेलिब्रिज जडान गर्नका लागि चार दिनसम्म डाइभर्सनबाट पनि यात्रा गर्न रोक लगाइएको थियो । बेलिब्रिज जडान कार्य सम्पन्न भएर गाडी पनि चल्न थालिसकेकाले अब कान्ति राजमार्गमा यात्रा सहज हुने अपेक्षा छ ।

भारबहन क्षमता ३० टन मात्र

कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता ई. उपेन्द्र महरानका अनुसार बेलिब्रिजको भारबहन क्षमता ३० टन मात्र छ ।

त्यसैले सडक आयोजनाले मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर दुवैतर्फ मालबाहक सवारी साधनलाई निगरानी गर्न अनुरोध गरेको छ ।

मालवाहक सवारी (ट्रक/ट्रेलर) को हकमा एक पटकमा एकतर्फी गुडाउनुका साथै अधिकतम कुल वजन ३० टन र अधिकतम प्रतिएक्सल वजन १० टनमात्र हुने गरी सवारी साधन सञ्चालनको प्रबन्ध मिलाइएको प्रवक्ता महरानले बताए ।

‘१२ चक्के ट्रक खाली छ भने बेलिब्रिजले धान्छ तर भारी बोकेको १२ चक्के गाडीलाई धान्दैन,’ प्रवक्ता महरानले भने ‘त्यसैले दुवै जिल्लाका सिडियो कार्यालयलाई पनि त्यो जानकारी गराएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?