+
+
Shares

‘बलिदान’मा सौगातको ‘एङ्ग्री’ लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘बलिदान’ फिल्मले अभिनेता सौगात मल्लको ‘पात्र पोस्टर’ सार्वजनिक गर्‍यो, जसमा उनी ‘एंग्री’ लुक्समा देखिएका छन्।
  • पोस्टरमा मल्लको आँखा कालो रङको, लामो दारी, केश र गाढा वस्त्र पहिरेका छन्, र पृष्ठभूमिमा मानिसको समूह र आगोको ज्वाला देखिन्छ।
  • फिल्मको कथावस्तु एक्सन प्रकृतिको देखिन्छ र मल्लले भिन्न चरित्र चित्रण गरेका छन्, जुन २०२५ को दशैंमा प्रदर्शन हुनेछ।

काठमाडौं । सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ले अभिनेता सौगात मल्लको ‘पात्र पोस्टर’ सार्वजनिक गरेको छ । यो क्यारेक्टर लुक्समा मल्ल ‘एंग्री’ लुक्समा देखिएका छन् ।

एक पोस्टरमा मल्लको पात्रको एउटा आँखा कालो रङको छ । लामो दारी, केश र गाढा रङको वस्त्र लगाएका छन् । हातमा बलिरहेको राँको देखिन्छ । पृष्ठभूमिमा मानिसको समूह र आगोको ज्वाला पनि देखिन्छ ।

यो पोस्टरले फिल्मको कथावस्तु एक्सन प्रकृतिको देखिन्छ । अर्को पोस्टरमा मल्ल हतियार बोकेर लडाइको परिवेशमा देखिएका छन् । निर्देशक सेनका अनुसार फिल्ममा मल्लले भिन्न चरित्र चित्रण गरेका छन् ।

मल्ल नेपाली फिल्ममा आफ्नो सशक्त अभिनयले परिचित छन् । ‘बलिदान’मा उनको भिन्न र शक्तिशाली गेटअपले दर्शकलाई हलसम्म तान्न सक्ने आशा निर्माताको छ ।

यसअघि शीर्ष कलाकार समीर भट्टको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो । आसुसेन फिल्म्स् प्रालिको ब्यानरमा बनेको यो फिल्ममा अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीको पनि अभिनय छ ।

पवन ब्राडफोर्ड बिष्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माताको रुपमा छन् । यो फिल्म २९ सेप्टेम्बर, २०२५ (फूलपाति दशैं)मा प्रदर्शन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?