News Summary
Generated by OK AI. Editorially reviewed.- २५ जेठमा काठमाडौंमा टिपरको ठक्करबाट ५६ वर्षीय राजकुमार पौडेलको मृत्यु भयो।
 - उनी काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित सडकमा दुर्घटनाग्रस्त भए।
 - टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
२५ जेठ, काठमाडौं । टिपरको ठक्करबाट काठमाडौंमा एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पैदलयात्री ५६ वर्षीय राजकुमार पौडेल छन् । उनलाई काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित सडकमा बा. प्र. ०१–००६ ख ५५०८ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4