
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा तीन व्यक्तिलाई पक्राउ गर्यो।
- पक्राउ पर्नेहरूमा हरिकृष्ण ठाकुर, रिना गुरौ र कविराज सिपखान छन्, जसले लाखौं रुपैयाँ ठगी गरेको आरोप छ।
- उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।
२५ जेठ, काठमाडौं । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा रौतहटका ३५ वर्षीय हरिकृष्ण ठाकुर, नवलपसारीका ४१ वर्षीय रिना गुरौ र काभ्रेका ५५ वर्षीय कविराज सिपखान छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
ठाकुरले कतार पठाउने भन्दै १ लाख, गुरौले कुवेत र पोर्चुगल पठाउने भन्दै १८ लाख ५५ हजार र सिखपानले यूके पठाउने भन्दै ४१ लाख १४ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4