+
+
Shares

राजावादी आन्दोलन सकिएको छैन, यो ज्वारभाटाअघिको सन्नाटा हो : महामन्त्री बर्तौला

छिटै परिणाम चाहने हुटहुटी भएको ठूलो युवा पंक्ति यो आन्दोलनमा सामेल रहेको भन्दै उनले युवाहरुको जोस र उर्जा अनि पुरानो पुस्ताको अनुभवलाई समेटेर आन्दोलन अघि बढ्ने दाबी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १९:३९

२५ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी  नेपालका महामन्त्री राजाराम बर्तौलाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकको अन्त्यको लागि आन्दोलन जारी रहेको बताएका छन् ।

अहिलेको यथास्थितिबाट मुकुक अघि बढ्नै नसक्ने बताउँदै उनले मनपरितन्त्रलाई जोगाईराख्न सर्वसत्तावादी चिन्तनबाट ग्रसित भइ वर्तमान शासकहरु अघि बढ्न खोजेको आरोप लगाए ।

पार्टीको काठमाडौं जिल्ला समितीले आयोजना गरेको कार्यक्रममा बोल्दै बर्तौलाले जनताको आवाजलाई कुनै पनि सरकारले दबाउन नसक्ने बताए । ‘आन्दोलन सकियो, असफल भयो, तुहियो भन्ने कसैले सोचेको छ भने त्यो भ्रम हो, अहिले ज्वारभाटा आउनुअघिको सन्नाटा मात्र हो’, उनले भने ।

आन्दोलनलाई थप उचाईमा लैजान आवश्यक गृहकार्य भइरहेको उनको भनाइ छ । छिटै परिणाम चाहने हुटहुटी भएको ठूलो युवा पंक्ति यो आन्दोलनमा सामेल रहेको भन्दै उनले युवाहरुको जोस र उर्जा अनि पुरानो पुस्ताको अनुभवलाई समेटेर आन्दोलन अघि बढ्ने दाबी गरे ।

राप्रपा नेपालले काठमाडौंको ११ वटै स्थानिय तहमा समिक्षा सहित आगामी कार्यक्रमको तयारी बैठक बस्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?