+
+
Shares

पर्सामा विपद्सँग जुध्न विपद् स्वयंसेवक तयार पारिँदै

रासस रासस
२०८२ जेठ २६ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्सामा प्राकृतिक र मनसुनजन्य विपद् सामना गर्न विपद् स्वयंसेवकको आधारभूत तालिम सुरु भयो।
  • सशस्त्र प्रहरी बल नेपालले ३० जनालाई २१ दिनसम्म तालिम प्रदान गर्ने योजना बनाएको छ।
  • प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र वीरगञ्ज महानगरका प्रमुखले यस्तो तालिम आवश्यक र प्रभावकारी हुने बताए।

२६ जेठ, वीरगञ्ज । पर्सामा हुने प्राकृतिक तथा मनसुनजन्य विपद्सँग जुध्नका लागि विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम शुभारम्भ गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साले आज यहाँ मनसुनजन्य विपद् र अन्य प्राकृतिक प्रकोपका गतिविधिमा स्थानीय समुदायको सक्रिय सहभागिता गराउने उद्देश्यले तालिमको आयोजना गरेको हो ।

सो तालिममा ३० जनालाई २१ दिनसम्म विपद् स्वयंसेवक तालिम उपलब्ध गराइनेछ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले प्राकृतिक विपद्सँग जोगाउनका लागि यस्ता खालका कार्यक्रमको आवश्यक रहेको बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद्का जोखिमलाई न्यूनीकरण गर्नका लागि यस्ता खालका तालिम प्रभावकारी हुने बताए ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति राधेश्याम धिमालले प्राकृतिक विपद् सम्बन्धित तालिमले सम्भावित जोखिमको बेलामा निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?