+
+
Shares

प्रधानमन्त्रीलाई खोकनावासीको सुझाव : फास्ट ट्र्याकको प्रस्थान बिन्दु डुकुछाप कायम गरौं

सरोकार समितिले खोकनामा सुरु बिन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको विवाद समाधानका लागि खोकना र बुङ्‍मतिवासीका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
  • छलफलमा स्थानीय जनताका समस्या समाधानका विकल्पहरू र विवाद समाधानका उपायहरूबारे सुझाव दिए।
  • प्रधानमन्त्री ओलीले स्थलगत अवलोकन गरी समस्या समाधानका लागि आवश्यक निर्णय लिने बताए।

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई-मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत सुरुवाती बिन्दुमा देखिएको विवाद समाधनबारे खोकनावासीका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले ललितपुरको खोकना र बुङ्‍मतिवासीका प्रतिनिधिहरूसँग उक्त क्षेत्रमा देखिएका समस्या समाधानका उपायबारे सोमबार छलफल गरेका हुन् ।

छलफलमा खोकनाका स्थानीय अगुवा मदनकृष्ण डंगोल, नेकपा एमाले ललितपुर महानगर कमिटी अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डंगोल, एमाले ललितपुर महानगरपालिका २१ नम्बरका वडा कमिटी अध्यक्ष ज्ञानभक्त महर्जन लगायतले प्रधानमन्त्री ओलीसँग विवाद समाधानका विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले खोकना र बुङ्‍मति विवाद समाधानका विकल्पबारे सुझाव दिएका थिए ।

सरोकार समितिले खोकनामा सुरु बिन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।

छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट पार्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराए ।

यसअघि प्रधानमन्त्री ओलीले गत २३ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई लगायतको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानबारे छलफल गरेका थिए ।

कुल ७० दशमलव ९७ किलोमिटर दुरीको दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना २०७४ मा सुरु भएको हो । आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?