
News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- उनले भैरहवामा सञ्चालन हुन लागेको र्याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो।
२६ जेठ, काठमाडौं । ऋण लिने सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले नेपाल बैंकको तत्कालीन सञ्चालक समिति अध्यक्ष अधिकारीमाथि १९ लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो । उनले भैरहवामा सञ्चालन हुन लागेको र्याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस लिएको आरोप छ ।
भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसालले ऋणका लागि नेपाल बैंक लिमिटेडमा प्रक्रिया अघि बढाएका थिए । त्यसक्रममा नेपाल बैंकका अध्यक्ष चन्द्रबहादुर अधिकारीले ह्वाट्सएपमार्फत कुराकानी र भेटघाट गरेर घुस मागेको अख्तियारको आरोप छ ।
अख्तियारले गत माघमा नै उनको घरमा छापा मारेर त्यो रकम बरामद गरेको थियो । उनले त्यो रकम आफ्नो सवारीचालक नसीब अन्सारीमार्फत लुकाएका थिए ।
अख्तियारले तत्कालीन अध्यक्ष अधिकारी, सवारीचालक नसिब अन्सारी अनि घुस दिएको आरोप लागेका बालकृष्ण भुसाल, उनका छोरा अंकित भुसाल र अमृत भुसालमाथि समेत मुद्दा चलाएको हो ।
अख्तियारले उनीमाथि नै मंगलबार थप दुईवटा आरोप लगाएर मुद्दा दायर गरेको छ । उनीमाथि हिमाल-तराई कन्स्ट्रक्सन प्रालिलाई ऋण दिँदा ५ लाख रुपैयाँ घुस लिएको अर्को आरोप छ । त्यसैगरी हिमाल-तराई कन्स्ट्रक्सनलाई ऋण दिँदा ५० लाख रुपैयाँ घुस खाएको तेस्रो आरोप पनि छ ।
प्रतिक्रिया 4