+
+
Shares

लक्ष्मी सनराइज बैंकले सार्वजनिक गर्‍यो कार्बन उत्सर्जन प्रतिवेदन

बैंकको वातावरण संरक्षणप्रति प्रतिबद्धता र जलवायु पारदर्शितामा जोड दिने उद्देश्यले सार्वजनिक गरिएको यो प्रतिवेदनले दिगोपनतर्फको बैंकको रणनीतिक यात्रालाई थप स्पष्ट बनाएको जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते २०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लक्ष्मी सनराइज बैंकले २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गर्‍यो।
  • प्रतिवेदन अनुसार सन् २०२३/२४ मा २ लाख २ हजार १३ टन सीओ२ बराबर उत्सर्जन भएको छ।
  • बैंकले जलविद्युत् परियोजनाबाट २० हजार ३ सय ४७ टन सीओ२ई उत्सर्जन न्यूनीकरणमा योगदान दिएको छ।

२६ जेठ, काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।

बैंकको वातावरण संरक्षणप्रति प्रतिबद्धता र जलवायु पारदर्शितामा जोड दिने उद्देश्यले सार्वजनिक गरिएको यो प्रतिवेदनले दिगोपनतर्फको बैंकको रणनीतिक यात्रालाई थप स्पष्ट बनाएको जनाइएको छ ।

बैंकले कार्बन एकाउन्टिङ फाइनान्सियल (पीसीएफ) विधि अनुसार तयार पारेको प्रतिवेदनमा ऋण पोर्टफोलियोसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण विश्लेषण गरिएको छ ।

प्रतिवेदन अनुसार सन् २०२३/२४ मा कुल २ लाख २ हजार १३ टन सीओ२ बराबर टीसीओ२ई कार्बन उत्सर्जन भएको उल्लेख छ ।

पोटिफोर्लयो अनुसार व्यापार कर्जामा १ लाख ९० हजार २ सय ९३ टन सीओटुई, परियोजना वित्त (जलविद्युत् बाहेक) ७ सया ५ टन सीओटुई, गाडी कर्जा १ हजार ५ सय २८ टन सीओटुई र घर कर्जा ९ हजार ४ सय ८५ टन सीओटुई उत्सर्जन भएको छ ।

त्यसैगरी बैंकले जलविद्युत परियोजनामा गरेको लगानीबाट २० हजार ३ सय ४७ टन सीओ२ई बराबरको कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुगेको पनि प्रतिवेदनमा उल्लेख छ । यसले नवीकरणीय ऊर्जा समाधानप्रति बैंकको प्रतिबद्धता बलियो बनाएको छ ।

‘मिसन १० हजार’ अन्तर्गत वृक्षारोपण

जलवायु संकट सामना गर्न बैंकले चालु आव ‘मिसन १०,०००’ (मिसन १०के) अभियान अन्तर्गत वृक्षारोपणको महत्त्वाकांक्षी योजना अघि सारेको छ । हालसम्म अभियान अन्तर्गत ७ हजार ५ सयभन्दा बढी रुख रोपिइसकेको बैंकले जनाएको छ । बाँकी वृक्षारोपण कार्य आगामी महिनामा सम्पन्न गरिने छ ।

दिगोपन रणनीतिमा अगाडि

सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन लक्ष्यमा योगदान पुर्‍याउने उद्देश्यले बैंकले ग्रिन फाइनान्स, ऊर्जा–दक्ष कर्जा र थ्रिआर अवधारणा अनुरूप आफ्ना सेवा र आन्तरिक प्रणाली सुधार गर्दै आएको छ ।

भविष्यमा बैंकले अन्य कर्जा वर्ग पनि समेटेर कार्बन मापनको दायरा विस्तार गर्ने जनाएको छ, जसले बैंकको पारदर्शिता र जवाफदेहितामा थप सुधार ल्याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?