+
+
Shares

रक गायिका आश्रा कुँवरलाई न्यूयोर्कमा सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आश्रा कुँवरलाई ‘८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’बाट न्यूयोर्कमा सम्मान गरिएको हो।
  • उनीले आफ्नो गीत ‘इतिहास तिम्रो मेरो’को लागि पुरस्कार प्राप्त गरेकी हुन्।
  • उनी नेपालबाट अमेरिका पुगेपछि आफ्नो प्रतिभा र पहिचानलाई विश्वव्यापी रुपमा स्थापित गर्न सफल भएकी छन्।

काठमाडौं । उदीयमान रक गायिका आश्रा कुँवरलाई उनको चर्चित गीत ‘इतिहास तिम्रो मेरो’को लागि ‘८८४८ हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड’बाट अमेरिकाको न्यूयोर्कमा सम्मान गरिएको छ ।

हालै न्यूयोर्कको लङ्आइल्याण्डस्थित मेलरोस बलरुममा आयोजित समारोहमा उनलाई पुरस्कृत गरिएको हो ।

समारोहमा २० भन्दा बढी प्रसिद्ध कलाकारहरूको प्रस्तुति र उपस्थिति थियो, जहाँ कलाकार राजेश हमाल, विक्रम विष्ट, प्रकाश श्रेष्ठ र शम्भुजीत बासकोटासहित गायक, अभिनेता र निर्माता सहभागी थिए ।

मिन्ट अडियो स्टुडियो नेपालद्वारा निर्मित र गायक समेत रहेका नितेशजङ कुँवरको अभिनय रहेको आश्राको उक्त गीत भावनात्मक गहिराइ र कलात्मक गुणस्तरको लागि प्रशंसित छ । क्यालिफोर्नियामा छायांकन गरिएको यो गीतको भिडियो पनि चर्चित रह्यो ।

पुरस्कार ग्रहण गर्दै आश्राले सो अवसरमा पुरस्कार ऊर्जा र प्रेरणा मिलेको बताइन् । ‘उनीहरू भन्छन्, वास्तविक गौरव लडेर उठ्नुमा छ । नेपालबाट न्यूयोर्क आउनु र यसरी पहिचान पाउनुले मलाई निरन्तर र अथकरुपमा कलालाई अघि बढाउन बल दिन्छ । यो हरेक सपना देख्नेहरूका लागि हो जसले जहाँ गए पनि नेपालको एक टुक्रा बोकेर जान्छ ।’

यो कार्यक्रम रेभेल इभेन्ट्स, बुद्ध ट्याक्स एण्ड अकाउन्टिङ र टप शप काठमाडौँद्वारा आयोजना गरिएको थियो । कुँवर रक ब्याण्ड ‘आश्रा एण्ड द पार्बल्स’की संस्थापक र अग्रणी हुन् । गितार वादनसँगै उनी सशक्त र भावनात्मक स्वर मिसिएको गायनका लागि परिचित छन् ।

अक्टोबर २०२४ मा, आश्राले फ्लोरिडाको गेन्सभिलमा आयोजित टम पेटी फेस्टिभलमा प्रस्तुति दिन आमन्त्रित पहिलो नेपाली कलाकारको रूपमा इतिहास रचिन् । उनले दिवंगत रक लिजेन्डलाई सम्मान गर्दै प्रस्तुति दिएकी थिइन् ।

उनी यतिबेला फ्लोरिडा विश्वविद्यालयमा नेपालमा हुने मानव-वन्यजन्तु द्वन्द्वको बारेमा विद्यावारिधी गरिरहेकी छन् । संगीतसँगै उनी सशक्त वातावरणीय अभियन्ता समेत हुन् । ‘भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा उनले प्रस्तुति दिएकी थिइन् ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को अमेरिका च्याप्टरले आश्रालाई उदीयमान संगीतकर्मीको रुपमा सम्मान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?