+
+
Shares

‘मोहर’को टिजर : देउकी प्रथाको नाममा बालिकामाथि हुने कुरीतिको कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिजरले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा बताउँछ।
  • फिल्म ‘मोहर’ साउन २३ गते प्रदर्शनमा आउनेछ।
  • अभिनेता पल शाह, बेनिशा हमाल लगायतको अभिनय रहेको छ।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक भएको छ । टिजरले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा भन्छ ।

देवीदेवताको सेवा गर्न कन्या केटी चढाउने सामाजिक कुरितीविरुद्धको सन्देश यसमा छ । यसरी चढाइएकी कन्या देउकी हुन् भन्ने अन्धविश्वास प्रचलन छ । फिल्म यही कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ ।

ओम प्रतीक निर्देशित यो फिल्ममा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुनजंग शाही लगायतको अभिनय छ । चुम्बनजंग शाहीले फिल्म निर्माण गरेका हुन् ।

टिजरले फिल्मको कथावस्तु, प्रस्तुतीकरण र चरित्र चित्रणबारे संक्षिप्त झलक दिन्छ । अभिनेता शाह यसमा देउकी कुप्रथा रोक्न संघर्ष गरेका पात्रको रोलमा छन् । बेनिशालाई बालिकाको आमाको भूमिकामा देखाइएको छ । मिस पबिको एक झलक यसमा छ ।

‘मोहर’ साउन २३ गतेदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?