News Summary
Generated by OK AI. Editorially reviewed.- कृतिश रत्नले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन्।
- उनले दोस्रो हाफमा मनिष डाँगीलाई प्रतिस्थापन गरेका थिए।
२७ जेठ, काठमाडौं । कृतिश रत्न छुन्जुले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गरेका छन् ।
मंगलबार एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा उनले डेब्यू गरेका हुन् ।
कृतिश वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै डेब्यू गरे । उनी ७४औं मिनेटमा मनिष डाँगीको स्थानमा मैदान प्रवेश गरेका थिए ।
राष्ट्रिय टिममा परेको झण्डै ३ वर्षपछि उनले डेब्यूको मौका पाएका हुन् । यअघि उनले नेपालको यू-२० टोलीबाट पनि खेलिसकेका छन् ।
उक्त खेलमा नेपाल लाओससँग २-१ पराजित भएको छ ।
प्रतिक्रिया 4