
२८ जेठ, काठमाडौं । माओवादी केन्द्र सहितका विपक्षी दलहरुको बैठकले संसदको अवरोध खुलाउन रास्वपाले ल्याएको पाँच बुँदे प्रस्ताव स्वीकार गर्दै त्यसमा सत्ता पक्षका दलहरुलाई पनि मनाउन प्रयास गर्ने निर्णय गरेको छ । आज बिहान संसद भवनमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा विपक्षी दलका नेताहरु वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी थिए ।
बैठकमा सहभागी आजपा अध्यक्ष प्रभु साहले रास्वपाको पाँच बुँदे प्रस्ताव बैठकले ग्रहण गरेको जानकारी दिए । साथै त्यसमा कांग्रेस र एमालेसहितका दललाई पनि त्यसबारे जानकारी गराइने बताए ।
बैठक सकिएपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार कांग्रेस–एमालेका नेताहरुलाई भेट्न गएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने लगायतका पाँच बुँदे प्रस्ताव रास्वपाले राख्दै आएको छ । यसलाई सत्ता पक्षले स्वीकार नगर्दा संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।
बुधबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सत्ता पक्ष र प्रतिपक्षी दलहरुबीच छलफल भइरहेकाले आज या भोलि संसद्को अवरोध खुल्नसक्ने बताएका छन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरुले अवरोध खुलाउनेबारे छलफल भइरहेको बताए ।
यस्तो छ रास्वपाको प्रस्ताव-
प्रतिक्रिया 4