
News Summary
Generated by OK AI. Editorially reviewed.- तीनकुने घटनाका प्रतिवादीहरूको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा जारी छ।
- प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि बहस सुरु भएको थियो र अन्तिम चरणमा पुगेको बताइएको छ।
- सरकारी वकिलहरूले जवाफी बहस गरेपछि आदेश आउनेछ, अहिले ३९ जना प्रतिवादी हिरासतमा छन्।
२८ जेठ, काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस लम्बिएको छ ।
प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । तर आज बुधबार आठ दिन बित्दा समेत थुनछेक बहस जारी छ । प्रतिवादीहरूको तर्फको बहस अन्तिम चरणमा पुगेको बताइएको छ ।
त्यसपछि सरकारी पक्षबाट सरकारी वकिलहरुले जवाफी बहस गर्नेछन् । दुवैतर्फको थुनछेक बहस सकिएपछि बल्ल आदेश आउनेछ ।
तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो ।
उनीहरू ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसयता निरन्तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ ।
११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो । आपराधिक उपद्रवको मुद्दा खेपेकाहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन् ।
राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको छ ।
प्रतिक्रिया 4