+
+
Shares

गण्डकी प्रदेशका उद्योगको औसत उत्पादन क्षमता घट्यो

चालु आव २०८१/८२ मा गण्डकीको आर्थिक वृद्धि ५.५१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेशको औसत उद्योग उत्पादन क्षमता ४०.८५ प्रतिशत रहेको छ।
  • नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत अनुमान गरिएको छ।
  • गण्डकीको जीडीपीमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः २७.८, १६.४ र ५५.८ प्रतिशत छ।

२८ जेठ, काठमाडौं। गण्डकी प्रदेशका उद्योगको औसत उत्पादन क्षमता उपयोग ४०.८५ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिमा ४१.२६ प्रतिशत थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आव २०८०/८१ मा यस्तो वृद्धिदर ३.६७ प्रतिशत रहेको संशोधित अनुमान छ ।

२०८१/८२ को कुल गार्हस्थ उत्पादन (जीडीपी) मा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२ प्रतिशत रहने कार्यालयको प्रारम्भिक अनुमान छ । २०८१/८२ मा गण्डकीको आर्थिक वृद्धि ५.५१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।

२०८१/८२ को गण्डकीको जीडीपीमा प्राथमिक, द्वितीय र तृतीय क्षेत्रको योगदान क्रमशः २७.८, १६.४ र ५५.८ प्रतिशत हुने कार्यालयको अनुमान छ ।

चालु आव प्रथम अर्धवार्षिक अवधिमा गण्डकीमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २.०८ प्रतिशतले ह्रास आई ३ लाख ८१ हजार ८ सय ३० हेक्टर कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो क्षेत्रफल ८.३५ प्रतिशतले घटेको थियो ।

चालु आव पुस मसान्तमा गण्डकीमा तरकारीले ढाकेको क्षेत्रफल ७.८५ प्रतिशत र मसलाबालीले ढाकेको क्षेत्रफल २.७ प्रतिशतले ह्रास आएको छ भने फलफूलले ढाकेको क्षेत्रफल ०.८७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत आव २०८०/८१ मा यस्तो वृद्धिदर ३.६७ प्रतिशत रहेको संशोधित अनुमान छ ।

यस प्रदेशको कृषि उपजले ढाकेको कुल क्षेत्रफलको ८९.४० प्रतिशत प्रमुख खाद्य तथा अन्न बाली, ४.५७ प्रतिशत तरकारी, ४.०८ प्रतिशत फलफूल तथा १.७३ प्रतिशत मसला लगाइएको क्षेत्रफल छ ।

चालु आव पहिलो ६ महिनामा खाद्य तथा अन्य बाली उत्पादन ७.९८ प्रतिशत र मसला उत्पादन २.६६ प्रतिशतले ह्रास आएको छ । प्रदेशमा तरकारी उत्पादन २.११ प्रतिशत र फलफूल उत्पादन १.४२ प्रतिशतले वृद्धि भएको छ ।

पशुजन्य उत्पादनतर्फ दूध र मासु उत्पादन क्रमशः ०.९४ प्रतिशत र ०.४० प्रतिशतले वृद्धि भएको छ भने माछा र अन्डा उत्पादन क्रमशः २.३६ प्रतिशत र १.८९ प्रतिशतले ह्रास भएको छ । वनजन्य उत्पादनतर्पm काठ उत्पादनमा ४६.२८ प्रतिशतको वृद्धि भएको छ ।

२०८१ पुस मसान्तमा गण्डकीमा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रमा २६ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी भएको छ । उक्त रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ७.४४ प्रतिशत हो ।

चालु आव सोही अवधिमा गण्डकीमा ओइन्टमेन्ट औषधि, चाउचाउ, बियर, ड्राई सिरप औषधि, चुरोट, तोरीको तेल र प्रशोधित दूध उत्पादन अघिल्लो वर्ष सोही अवधिको तुलनामा वृद्धि भएको देखिएको छ ।

त्यसैगरी क्याप्सुल औषधि, इँटा, ट्याब्लेट औषधि, चकलेट, सिमेन्ट, लिक्विड औषधि, बिस्कुटलगायत वस्तुको उत्पादन अघिल्लो वर्ष सोही अवधिको तुलनामा घटेको छ ।

२०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले गण्डकीमा प्रवाहित कुल कर्जाको ८.१८ प्रतिशत अर्थात् २८ अर्ब ६२ करोड औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । निक्षेप परिचालन र कर्जा लगानी गत वर्ष सोही अवधिको तुलनामा क्रमशः ११.३५ प्रतिशत र ११.९७ प्रतिशतले वृद्धि भएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गतको मालढुंगा–राम्दी–गंैडाकोट खण्ड निर्माण कार्यको भौतिक प्रगति करिब ६८ प्रतिशत तथा वित्तीय प्रगति ६४ प्रतिशत रहेको छ । बेनी–जोमसोम खण्डको भौतिक प्रगति ८४ प्रतिशत तथा वित्तीय प्रगति ८१ प्रतिशत छ । तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत तथा वित्तीय प्रगति ५२ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?