News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको फुटबल टोलीले हङकङसँगको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एसियन कप छनोट खेल सकेर स्वदेश फर्किएको छ।
- टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फाका पदाधिकारीहरूले स्वागत गरे।
- नेपालले हङकङलाई गोलरहित बराबरी खेले पनि लाओससँग २-१ गोलअन्तरले पराजित भयो।
२९ जेठ, काठमाडौं । हङकङसँगको मैत्रीपूर्ण फुटबल खेल तथा एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेल खेलेर नेपाली फुटबल टोली स्वदेश फर्किएको छ ।
टोली बुधबार राति नेपाल आइपुगेको हो । टोलीलाई एन्फाका पदाधिकारीहरूले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
नेपालले मैत्रीपूर्ण खेलमा हङकङलाई गोलरहित बराबरीमा रोकेको थियो । एसियन कप छनोटमा भने नेपाल लाओससँग पराजित भयो ।
घरेलु मैदानमा लाओसले नेपाललाई २-१ गोलअन्तरले हराएको थियो । नेपाल लाओससँग पहिलोपटक पराजित भएको हो ।
प्रतिक्रिया 4