+
+
Shares

लिचीको भाउ घट्यो, कतिमा किन्न पाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा बिहीबार लोकल र भारतीय लिचीको मूल्य घटेको छ।
  • लोकल लिचीको मूल्य प्रतिकिलो १४ रुपैयाँले घटेर ११६ रुपैयाँमा पुगेको छ।
  • भारतीय लिचीको मूल्य प्रतिकिलो २०५ रुपैयाँबाट २०४ रुपैयाँमा झरेको छ।

२९ जेठ, काठमाडौं । बजारमा लिचीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार लिचीको भाउ घटेको देखाएको हो ।

अहिले कालीमाटी बजारमा लोकल र भारतीय गरी २ प्रकारका लिची किन्न पाइन्छ । आज लोकल लिचीको भाउ प्रतिकिलो १४ रुपैयाँले घटेको हो । बुधबार प्रतिकिलो १३० रुपैयाँमा कारोबार भएको लोकल लिचीको भाउ आज प्रतिकिलो ११६ रुपैयाँ कायम छ ।

यस्तै भारतीय लिचीको  भाउ सामान्य घटेको छ । हिजो बुधबार प्रतिकिलो २०५ रुपैयाँमा कारोबार भएको भारतीय लिची आज प्रतिकिलो २०४ रुपैयाँमा कारोबार भइरहेको छ ।

जेठ पहिलो सातादेखि बजारमा लिची आउन थालेको थियो । त्यतिबेला लिची प्रतिकिलो अधिकतम ३०० देखि औसत २७६ रुपैयाँसम्म कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?