+
+
Shares
फ्राइडे रिलिज :

‘महाभोज’सहितका ३ फिल्मले कति शो पाए, हेर्नुअघि जान्नूस यी कुरा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबारदेखि काठमाडौंको हलमा नेपाली फिल्म ‘महाभोज’ र हलिउड फिल्म ‘ब्यालेरिना’ तथा ‘हाउ टु ट्रेन योर ड्रागन’ प्रदर्शन हुनेछन्।
  • ‘महाभोज’ सोसल ड्रामा हो र १३३ मिनेटको रनटाइमसहित ११० शो प्रदर्शनमा आएको छ।
  • ‘ब्यालेरिना’ र ‘हाउ टु ट्रेन योर ड्रागन’ले क्रमशः ६५ र ५५ शो पाएका छन्।

काठमाडौं । शुक्रबारदेखि हलमा एक नेपालीसहित ३ फिल्म प्रदर्शनमा आउँदैछन् । नेपाली भाषाको ‘महाभोज’देखि हलिउडको ‘ब्यालेरिना’ र ‘हाउ टु ट्रेन योर ड्रागन’ रिलिज हुँदैछन् ।

‘महाभोज’ सोसल ड्रामा जनरामा आधारित छ । सहकारी संस्थामा वचत गरिएको रकम अपचलन हुँदा यसले वचतकर्ताको सामाजिक र आर्थिक जीवनमा ल्याउने उतारचढावको कथा यसमा छ ।

दिनेश राउत निर्देशित फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछान, अञ्जना बराइली, मलिका महत, आर्यन सिग्देलको अभिनय छ । १३३ मिनेट रनटाइमको फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ ।

‘महाभोज’ले देशब्यापी ११० शो पाएको छ ।

तपाईंले हलिउडको बहुचर्चित एक्सन फिल्म ‘जोन वीक’ हेर्नुभएको छ भने, ‘ब्यालेरिना’ दर्शनीय हुनसक्छ । किनभने, यो फिल्म सोही युनिभर्सको पात्र र कथावस्तुमा आधारित छ । यो फिल्मले देशब्यापी ६५ शो पाएको छ ।

लेन वाइजम्यानद्वारा निर्देशित र शे ह्याटनद्वारा लिखित, फिल्मले एड्रेनालाईनले भरिएको जोन विक ब्रह्माण्डलाई नयाँ र घातक महिला मुख्य शीर्ष कलाकारसहित अघि बढाएको छ ।

एना डे आर्मासले रुनीको भूमिका निर्वाह गरेकी छिन्, जो ‘जोन विक ३’मा प्रस्तुत गरिएको ब्याले–केन्द्रित हत्या कलामा प्रशिक्षित एक युवा हत्यारा हुन् । यो कथाले फ्रान्चाइजीको सिग्नेचर शैलीमा ब्याले, गोली र क्रूर कोरियोग्राफीको मिश्रण गर्दै आफ्नो परिवारका हत्याराविरुद्ध बदला लिन रुनीको अथक प्रयासलाई पछ्याउँछ ।

एडल्ट सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १२७ मिनेट छ ।

शुक्रबार हलिउडको अर्को बहुप्रतीक्षित फिल्म ‘हाउ टु ट्रेन योर ड्रागन’ समेत प्रदर्शन हुँदैछ । यो फिल्मले देशब्यापी ५५ शो पाएको छ ।

बर्क टापुमा रहेका भाइकिंग र ड्रयागन दुवैलाई विगतको खतराले अहिले पनि चुनौति दिइरहेको छ । यस्तोमा, उक्त खतराको सामना गर्न यी दुईले एक आविष्कारशील भाइकिंग हिचकी र नाइट फ्युरी ड्रयागन टुथलेस बीचको मित्रतामार्फत नयाँ भविष्य निर्माण कार्यमा अघि बढ्छन् ।

पीजी सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १२५ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?