+
+
Shares

कांग्रेसले भ्रातृ संस्थाको अधिवेशन गराउन समय तालिका सहितको कार्यादेश दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशनको समय तालिका निर्धारण गरी कार्यादेश दिने तयारी गरेको छ।
  • सभापति देउवाले अब थपिएको समयभित्र महाधिवशेन गर्नैपर्ने निर्देशन दिए थिए ।

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन गराउन समय तालिका निर्धारण गरेर कार्यादेश दिने भएको छ ।

महाधिवशेन गराउन नसकेका भ्रातृ संस्थालाई समयावधि तोकेर नयाँ समिति ल्याउन निर्देशन दिने भएको छ ।

अधिवेशन हुन नसकेका भ्रातृ संस्थाको अवस्थाबारे कांग्रेसले निर्देशक समितिसँग ब्रिफिङ लिन सुरु गरेको छ ।

बिहीबार दलित संघका निर्देशक समितिका सदस्यसँग सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायतले संस्थाको अवस्थाबारे जानकारी लिएका छन् ।

बैठकमा सहभागी लक्ष्मी परियारका अनुसार सबै भ्रातृ संस्थालाई टिओआर दिएर महाधिवशेन गर्ने कुरा भएको छ ।

बैठकमा दलित संघका लागि निर्देशक समितिमा रहेका सहमहामन्त्री जीवन परियार, लक्ष्मी परियार र शान्ति विकले दलित संघभित्रको समस्याबारे जानकारी गराएका थिए ।

सभापति देउवाले अब थपिएको समयभित्र महाधिवशेन गर्नै पर्ने निर्देशन दिएका थिए ।

महामन्त्री थापाले तदर्थ समितिमा रहेका सबै भ्रातृ संस्थालाई तालिका सहितको कार्यादेश दिने र तोकिएको समयावधिमा महाधिवेशन गर्नुपर्ने विचार राखेका थिए ।

महाधिवेशन गराउन नसकेका भ्रातृ संस्थाको अवधि पुनः एकपटक थप्ने कांग्रेसमा मोटामोटी सहमति भइसकेको नेताहरूले जानकारी गराएका छन् ।

अन्तिम पटकका लागि बढीमा कात्तिकसम्मको समयावधि हुने गरी भ्रातृ संस्थालाइ समय उपलब्ध गराउने तयारी पार्टीले गरेको छ ।

कांग्रेसले महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाको निर्देशक समितिका सदस्यहरूलाई क्रमशः बोलाएर ब्रिफिङ लिने भएको छ ।

भ्रातृ संस्थाको महाधिवेशन गराउन पार्टीबाट समन्वय र सहजीकरण गर्ने गरी १० वटा भ्रातृ संस्थाका लागि निर्देशक समिति गठन गरिएको छ ।

निर्देशक समितिमा एक जना संयोजक हुने गरी केन्द्रीय सदस्यबाट प्रत्येकमा ३/३ जना तोकिएको छ ।

कांग्रेसमा १३ भ्रातृ संस्थामा पाँच वटाले महाधिवशेन गरेका छन् । प्रमुख भ्रातृ संस्थाहरु नेविसंघ, तरुण दल, महिला संघले निर्वाचित समिति ल्याउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?