+
+
Shares

संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा कांग्रेस, एमाले र माओवादी

विपक्षी दलहरूको बैठक पछि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छुट्टै छलफल हुन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १४:००
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसद्को अवरोध खोल्ने विषयमा अनौपचारिक छलफल गरिरहेका छन्।
  • भिजिट भिसा प्रकरणमा अनुसन्धान जारी रहेपछि संसद् बैठक पुनः सञ्चालनको सम्भावना छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय छानबिन समिति गठनको माग राख्दै विरोध जनाएको छ।

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा छ । यी तीन पार्टी अनौपचारिक छलफलमा छन् । दिउँसो २ बजे तीन पार्टीबीच औपचारिक बैठक बस्ने तय भएको छ ।

केहीबेरमा विपक्षी दलहरूको बैठक बस्नेछ । विपक्षी दलहरूको बैठक पछि कांग्रेस, एमाले र माओवादी केन्द्रबीच छुट्टै छलफल हुन लागेको हो ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गतेदेखि कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

एमालेका सांसदहरू संसद्को अवरोध खुलाउने विषयमा कांग्रेस, एमाले र माओवादी एकै ठाउँमा रहेको बताउँछन् । माओवादीका नेताहरू सत्तापक्ष लचक भए संसद्को अवरोध खोल्ने बताउँछन् ।

भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारले अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन भए÷नभएको अनुसन्धान गर्ने गरी सरकारले आवश्यक निकाय वा संयन्त्र बनाउने प्रतिवद्धता जनाउने गरी सहमतिको प्रयास जारी छ । यसमा कांग्रेस, एमालेसँगै माओवादी पनि सहमत रहेको एमाले नेताहरूको दाबी छ ।

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मानेको छैन । रास्वपाले संसदीय छानबिन समिति नै गठन गर्नुपर्ने अडान लिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?