
News Summary
Generated by OK AI. Editorially reviewed.- सेयर बजार साताको अन्तिम कारोबार दिन ९.०८ अंकले घटेर २६५५ मा कायम भयो।
- कारोबार रकम अघिल्लो दिनको ९ अर्ब ९० करोडबाट १२ अर्ब ५१ करोडसम्म बढ्यो।
- होटल तथा पर्यटन समूह उच्च वृद्धि भएको छ।
२९ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ९.०८ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भयो ।
९९ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो । आज होटल तथा पर्यटन समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह २.१४ प्रतिशत बढ्यो । होटलका अलवा हाइड्रोपावर समूह ०.२२ र फाइनान्स ०.८९ प्रतिशत बढे ।
बैंकिङ ०.६२, विकास बैंक १.००, लगानी ०.४१, जीवन बीमा ०.५१, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.४८, अन्य ०.२९ तथा व्यापार १.०९ प्रतिशत घटे ।
पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो। चन्द्रागिरि हिल्सको ६.७८, रसुवागढी हाइड्रोपावरको ५.९९, तेह्रथुम पावरको ५.९९, नेपाल फाइनान्सको ४.९७ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको मूल्य ९.९ प्रतिशत घट्यो । रिभर फल्स पावरको ६.९७, नेपाल माइक्रो इन्स्योरेन्सको ५.५८, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.०१ तथा ग्रिन डेभलपमेन्ट बैंकको ४.७० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, राधि विद्युत्, युनिभर्सल पावर र बुटवल पावर छन् ।
प्रतिक्रिया 4