
News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश केन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाको बैठक २९ जेठमा काठमाडौंको राष्ट्रिय मुक्ति पार्टीको कार्यालयमा बोलाइएको छ।
- बैठकका एजेण्डामा मोर्चाको कार्यविधि, सहकार्य, भिजिट भिसा प्रकरण र विविध विषयहरू समेटिएका छन्।
- मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सहभागी छन्।
२९ जेठ, काठमाडौं । मधेश केन्द्रित दलहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाको बैठक बोलाइएको छ ।
शुक्रबार दिउँसो ३ बजे राष्ट्रिय मुक्ति पार्टीको कार्यालय शान्तिनगरमा बस्ने गरी मोर्चाको बैठक आव्हान गरिएको छ ।
बैठकका एजेण्डाहरूमा मोर्चाको कार्यविधि, आदिवासी जनजाति र मधेसी विचमा सहकार्य, भिजिट भिसा प्रकरण, विविध लगायत रहेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी गराए ।
मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा आवद्ध छन् ।
मोर्चाको बैठक आव्हान गर्ने दलले अध्यक्षता गर्ने विधि बनाइएको छ । यस अघि जनमत, लोसपा, जनता प्रगातिशील पार्टीले बैठकको आव्हान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4