
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्ला अदालतमा तीनकुने घटनाका प्रतिवादीहरूको बहस सकिएर आदेश आउन बाँकी छ।
- बहस २० जेठदेखि सुरु भएको थियो र आज सकिएको हो, अदालत स्रोतले आदेश लेखनमा व्यस्त रहेको बताए।
- प्रतिवादीहरूमा ३९ जना हिरासतमा छन् र ६१ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
२९ जेठ, काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस सकिए पनि आदेश आउन ढिला भएको छ ।
बिहीबार साँझ ५ बजे नै बहस सकिए पनि अहिलेसम्म आदेश आउन सकेको छैन । अदालत स्रोतका अनुसार, न्यायाधीशहरू आदेश लेखनमा व्यस्त छन् । आजै आदेश आउने बताइएको छ ।
काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । आज उक्त बहस सकिएको हो ।
बहस सकिएसँगै जिल्ला अदालत वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । थुनछेक बहस न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भएको थियो ।
११ जेठमा दायर भएको मुद्दाको १८ दिन बित्दा पनि आदेश आउन सकेको छैन ।
तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।
त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । चार जना भने नाबालक रहेकाले भक्तपुर पठाइएको थियो ।
उनीहरू ११ जेठमा मुद्दा दायर भएको थियो । त्यसयता निरन्तर काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा थुनछेक बहस भइरहेको छ ।
११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएको थियो । आपराधिक उपद्रवको मुद्दा खेपेकाहरू भने धरौटी बुझाएर रिहा भइसकेका छन् ।
राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको छ ।
प्रतिक्रिया 4