
News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीश डा. खुसीप्रसाद थारुलाई मोसो प्रहार गरिएपछि सुरक्षामा कडाई गरिएको छ।
- बिहीबार नेकपा बहुमत पार्टीका तीन कार्यकर्ताले न्यायाधीश थारुको कार्यकक्षमा पुगेर मोसो प्रहार गरेका थिए।
- सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै र पीएसओ फेरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले जानकारी दिए।
३० जेठ, काठमाडौं । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुसीप्रसाद थारुलाई मोसो प्रहार गरिएपछि न्यायाधीशहरुको सुरक्षामा थप कडाई गरिएको छ ।
बिहीबार न्यायाधीश थारुको कार्यकक्षमै पुगेर नेकपा बहुमत पार्टीका तीन कार्यकर्ताले मोसो प्रहार गरेका थिए । थारुलाई मोसो प्रहार गरेका बेला उनका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) विदामा रहेको पाइएको थियो ।
यो घटनापछि भने न्यायाधीशको सुरक्षमा थप कडाई गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले बनाए । ‘पहिलाको भन्दा पाँच सुरक्षाकर्मी पनि खटाइएको उनले बताएका छन् ।
यसका साथै यसअघि खटिँदै आएका न्यायाधीशहरुका पीएसओ पनि फेरिएको छ । न्यायाधीश थारुका साथै सबै न्यायाधीशको पीएसओलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको एसपी मिश्रले बताए ।
‘सुरक्षामा कडाई गरेका छौं । पीएसओ पनि परिवर्तन गरेका छौं’, एसपी मिश्रले अनलाइनखबरसँग भने ।
इटा भट्टामा जिउँदै मान्छे पोलेर हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटले दोषी ठहर गरेका मोहमद अफताब आलमलाई न्यायाधीश थारुसहितको इजलासले सफाई दिएको थियो ।
त्यसपछि आक्रोशित बहुमत पार्टीका तीन कार्यकर्ताले थारुमाथि मोसो प्रहार गरेका थिए । मोसो प्रहार गरेको आरोपमा प्रहरीले प्यूठानको गौमुखी गाउँपालिका–६ घर भइ हाल ललितपुरको कुपन्डोल बस्दै आएका ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतोलाई पक्राउ गरेको थियो ।
कुँवर नेकपा बहुमतका केन्द्रीय सदस्य हुन् । त्यस्तै, मगर सर्लाहीका जिल्ला इन्चार्ज र महतो सिराहाका जिल्ला समिति सदस्य रहेका छन् ।
प्रतिक्रिया 4