+
+
Shares

सदन खुल्छ, रास्वपा आफ्नै ढंगले जान्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा अडानका कारण सत्तारुढ दलसँग सहमति नभएको बताए।
  • प्रचण्डले रास्वपा र आफूहरू फरक ढंगबाट अघि बढ्ने र विमत्ति नभएको बताए।
  • संसद् आजबाट खुल्ने र कांग्रेस, एमाले, माओवादीबीच दुई बुँदे सहमति भएको छ, र रास्वपा एक्लै सदनमा भिड्ने बताएको छ।

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका केही अडानका कारणले सत्तारुढ दलहरूसँग भएको सहमतिमा सहभागी नभएको बताएका छन् ।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले रास्वपा र आफूहरू फरक फरक ढंगबाट अघि बढ्ने बताए ।

‘मुलभूत रुपमा हाम्रो केही छैन । उहाँहरूको केही अडानका कारण सायद केही दिन उहाँहरू आफ्नो तरिकाले जानुहुन्छ,’ प्रचण्डले भने ।

तर, रास्वपासँग आफूहरूको विमत्ति नभएको उनले बताए ।  ‘तर, हाम्रो बीचमा विमत्ति र आरोपप्रत्यारोप हुँदैन,’ उनले भने ।

आजबाट संसद् खुल्ने प्रचण्डले बताए । कांग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति भएको छ । केहीबेरमा हस्ताक्षर हुँदैछ ।

तर, रास्वपाले भने आफूहरू एक्लै सदनमा भिड्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?